जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १४:४९

अब शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने


काठमाडौँ, १० वैशाख ।  अब शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ। बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा सभामुखको प्रस्ताव अनुमोदन भएको बताइएको छ। बैठकमा सभामुख घिमिरेले भन्नुभयो, ‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरुले ऐन नलिई जान्न भन्नुभएको छ।’