काठमाडौं, बैशाख १० । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा तीन बुँदे असहमति राखेको छ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीन बुँदे असहमति जनाउनु भएको हो । उहाँले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति जनाउनु भयो ।
प्रस्तावित बिद्येयकमा कुलिङ पिरियड एक वर्ष राख्ने गरी प्रतिवेदन तयार गरिएको छ । सो बिषयमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने अडान राख्नुभएको हो । यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भन्दै उहाँले असहमति जनाउनु भयो ।
सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने माओवादीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्