जनता टाइम्स

११ बैशाख २०८२, बिहीबार १७:४९

अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु– शिक्षामन्त्री पन्त


काठमाडौं, ११ बैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताउनुभएको छ । मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताउनुभयो । ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन ।

यो विषयमा पहिले जानकारी लिन्छु,’ उहाँले भन्नुभयो ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’ मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गर्नुभएको छ । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।