काठमाडौं, १२ बैशाख । पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यसैबीच पाकिस्तानी सैनिकले पन्जाबको भारत(पाकिस्तान सीमामा एक बीएसएफ (सीमा सुरक्षा बल) जवानलाई हिरासतमा लिएको छ।
यसपछि पाकिस्तानी मिडियाले सिपाहीका दुई तस्बिर जारी गरेको छ। एउटा तस्बिरमा आँखामा पट्टी बाँधिएको छ भने अर्को तस्बिरमा एक बीएसएफ जवान एके–४७ र पानीको बोतल लिएर उभिरहेका छन्।
यसैबीच जम्मु–कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच पछिल्लो २४ घण्टामा मुठभेड जारी छ।
यसमा एक जना सेनाका जवान मारिएको र सुरक्षा बलले आतंककारीका चार सहयोगीलाई पक्राउ गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्