काठमाडौं, बैशाख १५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू शिक्षक आन्दोलनमा पुग्दा अपमानित भएर लखेटिनु परेको छ ।
संसदमा कानून बनाउन छाडेर आन्दोलनमा ऐक्यवद्धता जनाउन भनेर पुग्नुभएका नेपाल र खनालसहितका नेताहरु शिक्षकबाटै लखेटिनु परेको हो । शिक्षक आन्दोलन जारी रहेको बेला माधव नेपालको नेतृत्वमा सो पार्टीका सम्मानित नेता खनाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रचार बिभाग प्रमुख प्रकाश ज्वाला, शेरबहादुर कुँवरसहितका एक दर्जन नेताहरु शिक्षक आन्दोलनमा मिसिन पुग्नुभएको थियो ।
केही बेर बसेपछि भिजिलान्तेहरु छिरे भन्दै शिक्षकले नारावाजी गरेर लखेटेका हुन । शिक्षकले भिजिलान्ते भन्दै प्रतिवाद गरेपछि जारी शिक्षक आन्दोलनमा साथ दिन भन्दै सुटुक्क पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोली नै अपमानित भएर फर्किएको हो । शिक्षकहरूले उहाँहरूविरुद्ध नाराबाजी पनि गरेका थिए ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित त्यहाँ पुग्नुभएका नेताहरुलाई शिक्षकहरूले नै उहाँहरुलाई त्यहाँबाट फर्किहाल्न उर्दी जारी गरी लखेटेका हुन । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल्नोस’ भन्दै शिक्षकहरू कराएपछि माधव–झलनाथसहितका नेकपा एसका नेताहरू अनुहार रातोपिरो र चाहुरएको बनाएर ‘मापाकाहरू’ भन्दै लज्जित भएर फर्किनु परेको दृष्य निकै हेर्न लायक बनेको थियो ।
प्रदर्शनकारी शिक्षक आक्रोशित बन्न थालेपछि प्रदर्शन स्थल पुगेका माधव–झलनाथसहितका नेकपा एसका नेताहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ नै गर्नुपरेको थियो । ‘किन आको भिजिलान्तेहरू’ भन्दै शिक्षक आक्रोशित बनेको देखेपछि प्रहरीले सुरक्षा दिएर गाडीसम्म पुर्याइ भगाउनु परेको हो ।
प्रतिक्रिया दिनुहोस्