काठमाडौं, वैशाख १६ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमाएक महिलालाई प्रहरीलेपक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका ३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका २ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्