काठमाडौं, बैशाख १६ । भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको भन्सार विधेयक पारित गरियोस भन्ने प्रस्ताव पारित भएको हो ।
भन्सार विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० साल १८ असोजमा प्रतिनिधिसभामा दर्ता गर्नुभएको हो । सो बिद्येयकलाई २०८० चैत १८ गते दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो ।
अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ गते सभामा गएको थियो । सो बिद्येयकलाई मंगलबार बसेको प्रतिनिधिसभाले पारित गरेको हो । यो विधेयक अव राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्