जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार ०९:२७

चलचित्र ‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित


काठमाडौं, १८ वैशाख । चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।

रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

सिनेमा ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ । पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो । जहाँ उनी एउटामा न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए ।

सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।