काठमाडौं, बैशाख २० । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकलाई अस्तब्यस्त बनाउन राजावादी लागिपरेको र चैत १५ को प्रदर्शनमा सोही षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।
चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा एयरपोर्टमा १५ वटा पेट्रोल बम हानेको दाबी पनि पाण्डेले गर्नुभएको छ । शनिवार नेकपा एस निकट आदिवासी जनजाती महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले राजावादीको षडयन्त्रको पोल खोल्नुभएको हो ।
‘हुँदाहुँदा राजावादीले एयरपोर्ट छेउको ठुलो पेट्रोल पम्प छ। जसमा त्यहाँ करोडौँ लिटर तेल हुन्छ। त्यो चाहिँ एयरपोर्टको लागि भनेर विशेष बन्दोबस्त गरिएको हो,’ पाण्डेले भन्नुभयो, ‘त्यो ठाउँमा आगो लगाउन १५ ओटा पेट्रोल बम हाने। कसले गरे राजावादी गरे।’
यदि त्यो दिन त्यहाँ आगो लागेको भए काठमाडौंमा रहेका ६५ लाख मानिसमध्ये ६० प्रतिशत मान्छे मर्ने पाण्डेले जिकिर गर्नुभयो । ‘काठमाडौं ध्वस्त हुन्थ्यो। नेपाल फेल हुन्थ्यो। एयरपोर्ट ध्वस्त हुन्थ्यो। विदेशी विमान वर्षौ नेपालमा आउने नै थिएनन,’ पाण्डेले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्