जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार ११:००

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २२ वैशाख । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो । आज चाँदी भने तोलामा स्थिर रहेको छ ।

आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।