काठमाडौं, २५ वैशाख। राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ ।
काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गर्नुभएको हो । उहाँले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताउनुभयो ।
आन्दोलन घोषणा कार्यक्रममा कमल थापा, राजेन्द्र लिङ्देनलगायतका नेताहरू एउटै मञ्चमा देखिनुभयो । अहिलेको व्यवस्थाले देशलाई निकास नदिने दाबीसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
संयोजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूको आन्दोलन नरोकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्