जनता टाइम्स

२९ बैशाख २०८२, सोमबार ०९:२७

सबैको जीवनमा उज्यालो छाओस: प्रधानमन्त्री ओली


काठमाडौं, २९ वैशाख ।  प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले दृष्टि, विचार र कर्म शुद्ध रहोस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस भन्दै कामना गर्नुभएको हो । २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध । बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।’ उहाँले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।