जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार ०९:२७

एनएमबि बैंकको अगुवाइमा बज्रमादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


काठमाडौं, बैशाख २९ । एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लि., तथा बज्रइनर्जी भेन्चर्स प्रा.लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको लागत करिव ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लि. द्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंक लि. को अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लि. ले ऋण लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्भाएरमेन्टल एण्ड सोसियल रिस्क म्यानेजमेन्ट २०२२ ( Environmental and Social Risk Management, 2022) निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) बलम क्यअष्ब िःबलबनझभलत क्थकतझ० लागु गरिसकेको छ ।