नेपाल प्रहरीमा पहिलो एलएलएम गर्ने उनी नभएर तत्कालिन प्रहरी निरीक्षक चन्द्र प्रसाद पोखरेल हुन । हाल उनी अमेरिकामा छन । उनीभन्दा अब्बल नम्बर ल्याएर गोल्ड मेडलिस्ट हालका एआईजी राजन अधिकारी हुन । जसले आफ्नो व्याच टपेका हुन् । त्यसैगरी हालका प्रहरी प्रवक्ता रमेश थापा पनि एलएलएम गरेका प्रहरी अधिकारी हुन । त्यस्तै विश्वकै व्याचका भूपेन्द्र खत्री र बसन्त रजौरे दुबैले काठमाडौंको प्रहरी परिचालन सफलता साथ कमाण्ड गरिसके, उनीहरुले पनि एलएलएममा डिस्टीडसन ल्याएका हुन । एसएसपी विश्वको न मिल्दो दावी कस्तो छ भने एलएलएम गरेको पहिलो व्यक्ति हुनु र राम्रो प्रहरी हुनुको कुनै साइनो छैन, त्यो कुरा त रेशम चौधरी पक्राउ प्रकरणमा कानूनी ज्ञानको धज्जी उडेबाटै प्रष्ट हुन्छ ।
एमपी शर्मा
राजावादीहरुको गत चैत्र १५ गतेको आन्दोलनले निम्त्याएको विध्वंशको राप अझै सेलाइसकेको छैन । उक्त घटनामा एकजना पत्रकार र एक सर्वसाधारणले ज्यान गुमाए । राज्यकै प्रतिवेदन अनुसार पनि ४७ करोड बराबरको भौतिक क्षती भएको त्यो विध्वंशको त्रास र साक्षी सारा देशभरका सर्वसाधारण समेत बनेका छन् । त्यो घटनाले राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
राज्य सञ्चालकहरु व्यवस्थामाथि संकट टारिएको अर्थमा यस घटनालाई सामसुम पार्न सफल भएकोमा गर्व गरिरहेका छन । यसको प्रमाण संसदमा बहालवाला गृहमन्त्रीको स्पष्टिकरणबाट समेत प्रष्ट हुन्छ । तर यस घटनामा भएको चरम सुरक्षा लापरवाहीलाई गृहमन्त्री रमेश लेखकले जती नै ढाकछोप गर्न खोजेता पनि यस घटनामा दोषीलाई उम्क्याउन खोज्ने खलनायकहरुलाई समेत इतिहासले माफ दिने छैन ।
किनकी उक्त दिन ३ घन्टासम्म देशको राजधानीमा हजारौंको संख्यामा सुरक्षाकर्मीकै अगाडी भएको विध्वंश र वरवादीको जिम्मेवार को थियो ? यसैका लागि होइन राज्यमा प्रहरी प्रशासन चाहिने ? यत्रो घटनामा कमाण्ड गर्ने प्रहरीको कमजोरीलाई ढाकछोप गर्दा भोलीका दिनमा हुने त्यस्तै उस्तै घटनामा कसरी सुरक्षा प्रवन्ध मिलाउन र आम नागरिकलाई आश्वस्त तुल्याउन सकिन्छ ?
सुरक्षाका जानकारका अनुसार उक्त घटनामा जिम्मेवार मुख्य काठमाडौं जिल्लाको सुरक्षा प्रमुख अर्थात एसएसपी विश्व अधिकारी नै हुन । र उनले यो कमजोरी वा लाचारीप्रति जवाफ दिनै पर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयमा र विश्वलाई नजिकबाट चिन्नेहरुले घट्ना घट्नु अघि नै पार लाग्दैन भन्दै थिए, जुन पछि सत्य ठहरियो । शिर्षकमा भनिए झैं उनको शैली ’काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं एसएसपी विश्व अधिकारी आफ्नो गम्भीर कमजोरी अक्षमतालाई छोप्न आफ्नो खल्ती मिडीया परिचालन गरेर’…लाई भन्दा देख्नेलाई लाज’को व्यवहार गर्न पछि परेनन । सुन्नमा यो पनि आएको छ कि स्कुपखवर डटकम भन्ने अनलाईनको एडमिन अधिकारी आफैँ हुन् ।
उक्त समाचारको दावी
कानूनमा पहिलो मास्टर्स हुन
मान्छे कमजोर भयो भने झुटको सहारा लिन्छ भनेझैँ बढुवाको मुखमा एकपछि अर्काे विवादमा तानिन थालेपछि अत्तालिएका एसएसपी विश्वले आफू प्रहरी संगठनमा पहिलो कानूनमा मास्टर्स हुँ भन्दै फलाक्ने गरेको सन्दर्भ स्कुपखवरमा पनि लेखाई छाडे । नेपाल प्रहरीमा पहिलो एलएलएम गर्ने उनी नभएर तत्कालिन प्रहरी निरीक्षक चन्द्र प्रसाद पोखरेल हुन । हाल उनी अमेरिकामा छन । उनीभन्दा अब्बल नम्बर ल्याएर गोल्ड मेडलिस्ट हालका एआईजी राजन अधिकारी हुन । जसले आफ्नो व्याच टपेका हुन् ।
त्यसैगरी हालका प्रहरी प्रवक्ता रमेश थापा पनि एलएलएम गरेका प्रहरी अधिकारी हुन । त्यस्तै विश्वकै व्याचका भूपेन्द्र खत्री र बसन्त रजौरे दुबैले काठमाडौंको प्रहरी परिचालन सफलता साथ कमाण्ड गरिसके, उनीहरुले पनि एलएलएममा डिस्टीडसन ल्याएका हुन । एसएसपी विश्वको न मिल्दो दावी कस्तो छ भने एलएलएम गरेको पहिलो व्यक्ति हुनु र राम्रो प्रहरी हुनुको कुनै साइनो छैन, त्यो कुरा त रेशम चौधरी पक्राउ प्रकरणमा कानूनी ज्ञानको धज्जी उडेबाटै प्रष्ट हुन्छ । कानूनी भाषा र सम्मानीत सर्वाेच्च अदालतको अफिसियल प्याडमा लेखिने भाषाशैली समेत छुट्याउन नसक्ने प्रहरी अधिकृतले के भनेर कानूनको पहिलो मास्टर्स हुँ भनेर दावी गर्दैछन् ?
डीएसपी हुँदा सिन्धुपाल्चोकमा एकजना परस्त्रीसँग सल्केपछि (जो कुनै सरकारी कर्मचारी थिइन) कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बनभोजमा मदिराले मातेपछि सबैको अगाडि अश्लिल हर्कत गरेपछि यस्तो मान्छेलाई कालोमोसो दलेर जिल्लाबाट लेखेट्नु पर्छ भनी सर्वसाधारण समेतले भन्न थालेपछि रातारात जिल्ला छाडेर हिँड्नु परेको घट्ना अहिलेका गृहसचिव गोकर्णमणि दुवाडी (जो त्यसबेला उनकै सिडीयो थिए) लाई समेत जानकारी रहेकाले उनको स्वयं प्रचारको अब्बलता पुष्टि हुन्छ ।
प्रहरी मेरो साथीको प्रणेता
आईजीपी उपेन्द्रकान्त अर्याल थिए । सामुदायिक प्रहरी सम्वन्धमा केही काम गर्ने सोचका साथ केही नयाँ अवधारणा लागू गर्ने भनेर तत्कालिन एसएसपी सर्वेन्द्र खनाल (पछि आईजीपी) को अध्यक्षतामा एउटा समिति बन्यो । त्यसको सदस्यमा विश्व पनि थिए । हाल प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक रविन्द्र सिंह अन्वेषण योजनामा कार्यरत प्रनाउ किरणजंग कुँवर समेत भई ’प्रहरी मेरो साथी ’ भन्ने अवधारणा ल्याइएको हो । नकी विश्वको दावी जस्तो उनको अवधारणा ? उक्त योजना संरचनागत रुपमा स्पष्ट तर फण्डा मच्चाउने खालको भएर नागरिकले ’नारा राम्रो, प्रहरीको व्यवहार राम्रो भएन’ भन्ने फिडव्याकको आधारमा उनै सर्वेन्द्र खनाल आफू महानिरीक्षक भएपछि ’समुदाय प्रहरी साझेदारी’ (सीपीपी) भन्ने कार्यक्रम जो परिस्कृत र देशभरी नै लागू भयो र प्रभावकारी रुपमा कायान्वयनमा पनि आयो ।
अब्बल कमाण्डको ट्याग
उक्त अनलाईनमा दावी गरेझैँ उनी अब्बल कमाण्डर हुन भन्ने चित्रण गरिएको छ । के साच्ची उनी प्रहरीका आशा लाग्दा र भरोसायुक्त कमाण्डर हुन त ? अब हेरौं उनले कमाण्ड गरेको प्रहरी इकाईहरुको वास्तविक कुरो ।
पहिलो कमाण्ड
डीएसपी हुँदा सिन्धुपाल्चोकमा एकजना परस्त्रीसँग सल्केपछि (जो कुनै सरकारी कर्मचारी थिइन) कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बनभोजमा मदिराले मातेपछि सबैको अगाडि अश्लिल हर्कत गरेपछि यस्तो मान्छेलाई कालोमोसो दलेर जिल्लाबाट लेखेट्नु पर्छ भनी सर्वसाधारण समेतले भन्न थालेपछि रातारात जिल्ला छाडेर हिँड्नु परेको घट्ना अहिलेका गृहसचिव गोकर्णमणि दुवाडी (जो त्यसबेला उनकै सिडीयो थिए) लाई समेत जानकारी रहेकाले उनको स्वयं प्रचारको अब्बलता पुष्टि हुन्छ ।
दोस्रो कमाण्ड
एसपी भएपछि मोरङ जस्तो जिल्लाको कमाण्ड सम्हालेका उनले शिर्षक नै नभएको २४ लाख बजेट खर्च गरेर वक्यौता भएपछि कारवाही स्वरुप हेडक्वाटर तानिएको र तत्कालिन डिआईजीले कारवाहीबाट जोगाएका थिए ।
तेस्रो कमाण्ड
कैलालीमा तेस्रो कमाण्ड सम्हाल्दै गर्दा उनी कस्तो अब्बल थिए भन्ने अवधी पूरा नहुँदै उनको कमाण्डमाथि प्रश्न उठाउँदै हटाइयो र त्यहाँ व्याची सोमेन्द्र सिंह राठौरलाई पठाइयो । यसैबाट थाहा हुन्छ, उनको अब्बलता ।
चौंथो कमाण्ड काठमाडौं
काठमाडौंको कमाण्ड कस्तो छ, कस्तो रह्यो यो विषयमा उनकै मातहतलाई अरुलाई भन्दा बढी जानकारी हुन्छ । चैत्र १५ गते उनले गरेको अक्षम्य गल्ती, कमजोरीको ढाकछोप गरे पनि उक्त घटना बारे नेपाल प्रहरी संगठनले पछिसम्म जवाफ दिइरहनु पर्ने हुन्छ । गएको वर्ष ललितपुरको बालकुमारीमा ईपीएसको घटनामा एकजनाको गोली लागेर मृत्यु भएको घटनामा जिम्मेवार ठान्दै तत्कालिन ललितपुर एसएसपी सिद्धीविक्रम शाह र तत्कालिन ललितपुर सिडीयोलाई जिम्मेवारीबाट हटाइयो र डीएसपी उमेश लम्साललाई छ महिनाका लागि निलम्वन गरियो ।
तर, त्योभन्दा भयानक र गम्भीर घटनामा कसैलाई पनि जिम्मेवार बनाइएन, कारण सुदुरपश्चिमको गृहमन्त्री भएका कारण उक्त घटनामा छानविन हुनुपर्छ भन्ने चौतर्फी दबाब पर्दा पनि घटनालाई ढाकछोप गर्दै सामसुम पार्न उपत्यका प्रहरीका एसएसपी शेखर खनाल जो स्वयम् विश्वकै व्याचीमा उनीभन्दा जुनीयरको कमाण्डमा छानविन समिति गठन गरेबाट पनि उक्त समितिको प्रयोजन सहजै अनुमान लगाउन सकिन्छ । यिनै संक्षिप्त विषय बस्तुबाटै काठमाडौं एसएसपी विश्व अधिकारीको अब्बलता प्रमाणित हुँदैन र ? कि कसो हो गृहमन्त्रीज्यू ?
प्रतिक्रिया दिनुहोस्