जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १२:२८

प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटवार्ता 


काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा बिच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेट र छलफल भएको हो । यो भेट उहाँहरूका नियमित भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।

उहाँहरू बिच हिजै भेटको तय भए पनि प्रधानमन्त्री अस्वस्थ भएपछि हिजोको भेट स्थगित भएको थियो । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण आज प्रतिनिधि सभाको बैठकमा भने अनुपस्थित हुनुभएको छ । उहाँले आज प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहको थियो । सो कार्यसूचीलाई हटाइएको संसदमा सभामुख देवराज घिमिरेले जानकारी दिनुभएको छ ।