रोम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका थिए । इटालीले यसलाई समर्थन गरेको छ । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा सम्पर्क निर्माण गर्न र शान्तिको लागि काम गर्न तयार रहेको बताएकी छिन् ।
भ्याटिकनमा वार्ताको आयोजना गर्ने पोपको इच्छालाई उनले सकारात्मक रूपमा हेरेकी छिन् । यद्यपि, यस विषयमा अझै सहमति भने भई सकेको छैन । गत शुक्रबार टर्कीमा रुस र युक्रेनी अधिकारीहरू बिच बैठक भएको थियो । यस बैठकमा रुसले अन्य कयौँ सर्तहरू थपेको छ ।
‘भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैँ तयार छ र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्नेछ ।’ पोप लियोले गत हप्ता भनेका थिए । ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको लागि एक विकल्प र आशा भएको भ्याटिकनले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्