जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार २१:५३

रामेछापको मन्थलीमा चार दिवसीय निःशुल्क योग शिविर सञ्चालन हुँदै 


रामेछाप, ७ जेठ। रामेछापको सदरमुकाम मन्थलीमा चार दिवसीय निःशुल्क योग शिविर हुने भएको छ ।

पतञ्जलि योग समिति रामेछाप र महिला पतञ्जलि योग समिति रामेछापको संयुक्त आयोजना, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापसँगको समन्वय तथा मन्थली नगरपालिकाको सहयोगमा शिविर सञ्चालन हुन लागेको पतञ्जलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहालले जानकारी दिनुभयो ।

जेठ ९ देखि १२ गतेसम्म चल्ने शिविरमा साध्वी देवादितीजी लगायतले योगाभ्यास गराउने दाहालले बताउनुभयो । शिविर बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुने भएको छ । शिविर जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

योगको माध्यमबाट मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मोटोपन, ग्यास्ट्रिक, कब्जियत, पायल्स, ढाड र कम्मरको दुखाई, नसा च्यापिएको, युरिक एसिड, पिनास, एलर्जी, थाइराइड, कोलस्टोर, दम, माइग्रेन, मानसिक तनाव, अल्जाइमर लगायतका रोग निको पार्न सकिने बताउँदै उहाँले योग शिविरमा आएर योग सिकी लाभ लिन पनि अनुरोध गर्नुभयो ।