संसदमा कुर्सी तोडफोड गरेर दुनियासामू नेपालको कदनाम गरेको माओवादी सांसदहरू शान्ति प्रक्रियामा आएको २० बर्ष पुग्दा पनि सुध्रन नसकेको प्रमाण संसदीय समितिमा बुधवार भएको घटनाले दिएको छ ।
काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका सांसदहरूले संसदीय मूल्य मान्यताकै हुर्मत लिएका छन ।
संसदमा कुर्सी तोडफोड गरेर दुनियासामू नेपालको बदनाम गरेका माओवादी सांसदहरू शान्ति प्रक्रियामा आएको २० बर्ष पुग्दा पनि सुध्रन नसकेको प्रमाण प्रतिनिधिसभाको एउटा समितिमा बुधवार भएको घटनाले दिएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बुधवार माओवादी सांसदले नग्नताको हद पार गरेर माइक नै फािलिदिएकी छन । ती सांसदको हर्कतका कारण बैठकमा सदस्यहरूबीच नोकझोंक माइक फालाफालसमेत भएको छ । समितिको बैठकमा निकै ढिला आउनु भएकी माओवादीसांसद कल्पना मियाँ कुसारीले माइक नै फाल्नुभएको हो ।
सांसद कुसारीले सभापति साहलाई ताकेरै माइक हान्नुभएको थियो तर लाग्न भने पाएन । आफूले भनेकै बेला समय नदिएको भन्दै रिसको झोंकमा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गर्नुभएको हो ।
बैठकमा बिनाकारण माइक फालेपछि कुसारीले निकै ठूलो लडाई जिते जसरी आनन्द महसुस गर्नुभएको थियो। कुसारीले फालेको माइकले अरू कसैलाई नलागे पनि निकै असोभनीय देखियो । वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूची रहेको बैठकमा कुसारीले एकाएक माइक फालाफालको अवस्था सिर्जना गरेको सदस्यहरुकोभ नाई छ । भ्रमण लगायतका विषयमा सभापति किरणकुमार साहसँग विवाद भएपछि कुसारीले माइक फाल्नुभएको थियो ।
सांसद साहले भने रिसको बदला रिस भन्दै गर्वानुभूति गर्नुभएको छ । ‘भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ,’ घटनाबारे सोधिएको प्रश्नमा लज्जाबोध गर्नुको साटो सांसद कुसारीको भनाई थियो
माओवादीकै अर्का सांसद सुशीला सिर्पाली बोल्दै गर्दा बैठक कक्षमा प्रवेश गर्नुभएकी कुसारी एकाएक म बोल्छु भन्दै बोल्न थालेपछि विवाद भएको हो । नजिकै रहेका एक सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर फाल्नुभएको थियो भने लात्ती पनि चलाउनु भएको थियो । कुसारीको यो हर्कतपछि बैठकमा सभापति साह र उहाँबीच निकैबेर भनाभनसमेत भएको थियो ।
सांसदहरूका अनुसार ढिला आउने अनि बोलेर हिडने योजना पूरा नभएप्छि कुसारी एकाएक अनुचित हर्कतमा उत्रनुभएको हो ।बैठक कक्षबाट बाहिरिने क्रममा सदस्यहरुले कुसारीको हर्कतले लाज पनि लजाएको टिप्पणी गरेका थिए ।
सांसद साहले भने रिसको बदला रिस भन्दै गर्वानुभूति गर्नुभएको छ । ‘भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ,’ घटनाबारे सोधिएको प्रश्नमा लज्जाबोध गर्नुको साटो सांसद कुसारीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्