तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । तर यसका लागि उनले शर्त तेर्साएका छन् ।
यी शर्तमा सबै इजरायली बन्धकहरूको रिहाइ र हमासको आत्मसमर्पण समावेश छ । यसबाहेक नेतान्याहूले हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने शर्त पनि राखेका छन् ।
‘गाजा छोड्न चाहनेहरूले त्यसो गर्न सक्नेछन्,’ उनले भने । इजरायलसँग युद्ध अन्त्य गर्न माग गर्नेहरू वास्तवमा हमासले गाजामा शासन गरिराखोस् भन्ने चाहने पनि उनले बताए । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबिचको द्वन्द्व सुरु भएदेखि गाजामा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्