जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार १०:०८

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर पौडेल, बधाई र शुभकामनासहित दियो सुझाव


काठमाडौं, जेठ ९ । नेपाल बैंकर्स संघले नवनियुक्त गभर्नर प्राडा. बिश्वनाथ पौडेललाई बधाई तथा शुभकामनासहित केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि गर्नुपर्ने कामबारे प्रारम्भिक सुझाव दिएको छ ।

बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकमा पुगेर गभर्नर पौडेललाई बधाई तथा शुभकामनासहित बैंकिङ क्षेत्रको सुधार र समस्या समाधानका लागि संघको तर्फबाट सुझाव दिएको हो ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका संघका अध्यक्ष कोइराला नेतृत्वको प्रतिनिधिमण्डले भेटमा बैंकिङ क्षेत्रमा हाल देखिएको समस्या, समधानका उपाय र दिर्घकालिन रणनीतिको बिषयमा सुझाव दिएको हो । प्रतिनिधिमण्डलमा संघका पदाधिकारी तथा सदस्यहरु रहनुभएको थियो ।