काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ ।शाहले दिएको राजीनामा आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो ।रास्वपा प्रवेश गरेर छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएका पूर्वबैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी केही दिनअघि दिनुभएको थियो । ‘
पार्टीको नेतृत्व विकासमा योगदान गर्न सकिएला भनेर म प्रशिक्षण विभाग प्रमुख भएको हो,’ शाहले त्यसबेला भनेका थिए,‘तर, परिस्थिति यताउता पर्दा नेतृत्व विकास पार्टीको प्राथमिकतामा पर्न सकेन । त्यही भएर म पार्टीभित्र धेरै सक्रिय हुन सकेको छैन ।’ पार्टीमा रहने तर प्रशिक्षण विभाग प्रमुख छोड्ने बताउनुभएको थियो । प्रशिक्षण विभाग प्रमुख रहेका उहाँले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्