जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ०६:२४

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा


काठमाडौं, १२ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजसंस्थावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा हुनुभएको छ । प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो। मोरङ जिल्ला, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उहाँलाई प्रहरीले पक्राउ गरेको थियो।