पोखरा, १२ जेठ । राष्ट्रिय युवा संघको १०औं महाधिवेशनमा निर्वाचन हुने निश्चित भएको छ ।
निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अध्यक्षका दावेदारहरुले अडान नछाडेपछि भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।
नेतृत्वका लागि थेबे र पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्