जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार ११:००

बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्री पौडेलको ब्रिफिङ, यस्तो छ राष्ट्रपति पौडेलको सुझाव


काठमाडौं, १३ जेठ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गर्नुभएको छ।

उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गर्नुभएको हो । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो ।

बिफ्रङपछि राष्ट्रपति पौडेलले पपुलिष्टभन्दा मुलुकको आवश्यकता र बिकासको गति र समस्या समाधानमुखी बजेट ल्याउनु सुझाव दिनुभएको शीतल निवास स्रोतले जनाएको छ ।