जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार २०:२६

राजावादीको प्रदर्शनबारे बुझ्न गृहमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुख


काठमाडौं, १३ जेठ । राजावादीले गर्न लागेको प्रदर्शनको सुरक्षा व्यवस्थाको जानकारी लिन गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । मंगलबार साँझ गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाइएको हो । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई बोलाइएको छ । जेठ १५ गते राजावादीले काठमाडौंमा गर्न लागेको प्रदर्शनका विषयमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीले बैठक बोलाउनुभएको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनमा सुरक्षा निकायको कमजोरी भन्दै आलोचना भएको थियो । अबको प्रदर्शनमा कमजोरी हुन नदिन सरकार नै लागिपरेको छ । सोमबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यही विषयमा छलफल गर्न सिंहदरबारमा चारवटै सुरक्षा निकायलाई बोलाउनुभएको थियो ।