जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १५:०४

संघीय संसद्को संयुक्त बैठक केहीबेरमा


काठमाडौं । संघीय संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।