कास्की, १६ जेठ । पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दीखोलाको ड्याममा हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–६,अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको मृत्यु भएको हो ।
उनीहरुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण, कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले करिव २० फिट गहिराइमा डुबेका बालकहरुको खोजी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्