जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार १२:५८

प्रतिपक्षीको माग  : गृह मन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ 


काठमाडौं, २० जेठ । प्रतिपक्षी दलले गृह मन्त्रीले राजीनामा दिएर भिजिट भिसा अनियमितताको छानबिन प्रकरणमा सहयोग गर्नुपर्ने बताएका छन् ।

मंगलबार भएको प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठकले याे निष्कर्ष निकालेको छ । प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका नेताहरूको बैठकले गृह मन्त्री रमेशे लेखको राजीनामा नआई संघीय संसद्को बैठक चल्न नदिने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदन स्थित कार्यकक्षमा बसेको बैठकले सो प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गरेको छ । बैठकले श्रम ऐन २०६४ आए पश्चात् हालका गृह मन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउन माग गरेको छ । यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने सहमति बैठकमा भएको छ ।

सो सम्बन्धमा आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृह मन्त्रीले छानबिनको परिणाम नआएसम्म अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष उनीहरूको छ ।

त्यसका लागि प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको माग छ ।