विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रहरीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ। हरिनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगन्जको टोलीले मङ्गलवार साँझ १ हजार १ सय २० मिलिग्राम गाँजा प्रहरीले बरामद गरेको हो।
कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामामा १ हजार १ सय २० मिलिग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्