जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार ११:३३

८७ बर्षीय आमाको आशिर्वादसँगै शुरु भयो विद्याको चुनावी अभियान


पोखरा, कात्तिक २१

कास्की–२ की सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार विद्या भट्टराईले चुनाव प्रचार सुरु गर्नुभएको छ । बिहीबार बिहान दिवङ्ग्त तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरी पुगेर भट्टराईले चुनाव प्रचार सुरू गर्नुभएको हो ।

उहाले ८७ बर्षीय पूर्ण कुमारी आचार्य र ८५ बर्षीय वैकुण्ठ नाथ आचार्यबाट आशिर्वाद ग्रहण गर्दै अभियान शुरु गर्नुभएको छ । उम्मेद्धार मनोनयनसँगै बिहीबारबाट कास्की–२ मा नेकपाले चुनावी गतिविधि तीव्र पारेको छ ।

नेकपा कास्कीले बिहीबार दिउँसो उमेदवार घोषणासभा पनि गर्ने भएको छ । कास्की–२ नेकपाका लागि सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ । यसअघिका तीनै निर्वाचनमा तत्कालीन एमालेका उमेदवार अधिकारी निर्वाचित हुनु भएको थियो ।