काठमाडौं । गत साता १.९६ प्रतिशत घटेको सेयर बजार यो साता ०.५६ प्रतिशत बढेको छ । गत साता २६४० अंकमा रहेको बजार यो साता २६५५ अंकमा कायम भएको छ । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.०६ अंक घटेको बजार सोमबार २३.१९ अंक बढ्यो । त्यस्तै मंगलबार २५.०७ अंक बढेकोमा बुधबार १३.६९ र बिहीबार ९.०८ अंक घट्यो ।
यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ६८ करोडको भयो । मंगलबार १० अर्ब १६ करोड, बुधबार ९ अर्ब ९० करोड तथा बिहीबार १२ अर्ब ५१ करोडको भयो । बुधबारको कारोबार रकम गत फागुन २० यताकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस्