जनता टाइम्स

२ असार २०८२, सोमबार १७:५६

साइबर क्राइम लगाएर पत्रकार फसाउने योजना तुहियो, दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


काठमाडौं, असार २ । बरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।

प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतको यो आदेशसँगै पत्रकारलाई समाचार प्रकाशित गरेबापत साइबर क्राइममा फसाइ दिने योजना तुहिएको छ ।