काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओली असार दोस्रो साता स्पेनको भ्रमणमा जाने हुनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लाग्नुभएको हो । सोमवार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्री ओली असार १४ गते स्पेनप्रस्थान गर्नुहुनेछ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्