जनता टाइम्स

४ असार २०८२, बुधबार ०१:४९

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा वार्ता, आशंका र प्रश्नपछि आयो ठोश निश्कर्ष


भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफूसँग भेट्न आउने एमालेका नेता कार्यकर्तामाथि केन्द्रीय कार्यालयको नाममा विभेदपूर्ण व्यवहार भइरहेको गुनासो आएकोले के हो भन्ने प्रश्नसमेत सोध्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।

जीवनाथ शिवाकोटी/काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो बार्ता भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच मंगलवार साँझ ७ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै बार्ता भएको हो ।

प्रधानमन्त्री ओलीसँगको बार्ताका लागि पूर्वराष्ट्रपति भण्डारी मंगलबार साँझ बालुवाटार जानुभएको थियो । प्रधानमन्त्री निवासका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार करिव सवा दुई घण्टापछि भण्डारी बालुवाटारबाट बाहिरिनु भएको थियो ।

पछिल्लो समय राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला उहाँहरूबीच भेटबार्ता भएको हो यो भेटलाई एमाले पङ्तीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय एमालेकै नेताहरु अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको कित्तामा बाँडिन थालेको अवस्थामा दुई नेताबीच लामो बार्ता भएको हो ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा दुई घन्टा सघन छलफल भएको बालुवाटार स्रोतले बताएको छ । भेटमा पूर्वराष्ट्रपति भण्डारीले अनेरास्वबियुको सम्मेलनमा ब्यक्त अभिब्यक्ति आफूप्रति लक्षित हो कि होइन भनेर समेत सोध्नुभएको स्रोतले बतायो ।

जवाफमा अध्यक्ष ओलीले तलतलसम्म केही ब्यक्तिहरु अनावश्यक बखेडा झिक्न लागेको बिषयलाई आफूले संकेत गरेको भन्दै आफ अध्यक्ष रहेकोले कुनै पनि ब्यक्ति लक्षित टिप्पणी नगरेको प्रष्ट पार्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । तपाईको बिषयमा मैले टिकाटिप्पणी गर्दै हिडछु होला र भन्दै अध्यक्ष ओलीले सो बिषयमा अन्यथा नबुझ्न आग्रह गर्नुभएको थियो ।

‘फुट ल्याउन सकिन्छ कि भन्ने तत्वलाई पहिचान गरेर निस्तेज पार्ने र एकतावद्ध पार्टी निर्माणका लागि काम गर्ने उहाँहरुको साझा निश्कर्ष रहेको छ,’ भेटबारे स्रोतले जनताटाइम्स डटकमसँग भन्यो, ‘पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच कुनै विवाद छैन । दुवैजना मिलेरै पार्टी एकढिक्का बनाएर लैजानुपर्छ भन्नेमै दृढ देखिनुभएको छ । आजको छलफलमा पनि त्यही निचोड रहेको छ ।’

भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफूसँग भेटन आउने एमालेका नेता कार्यकर्तामाथि केन्द्रीय कार्यालयको नाममा बिभेदपूर्ण ब्यवहार भइरहेको गुनासो आएकोले के हो भन्ने प्रश्नसमेत सोध्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।

निकै गम्भीर छलफल भएको मंगलवारको भेटमा दुवै नेताले आफूहरुको नाम लिएर एमालेभित्र असन्तुष्टि बढाउने खेल भइरहेको भन्दै त्यसप्रति सजग रही एकतावद्ध एमाले बनाउने काममा लाग्ने साझा निष्कर्षसमेत निकालिएको स्रोतले बताएको छ ।

‘फुट ल्याउन सकिन्छ कि भन्ने तत्वलाई पहिचान गरेर निस्तेज पार्ने र एकतावद्ध पार्टी निर्माणका लागि काम गर्ने उहाँहरुको साझा निश्कर्ष रहेको छ,’ भेटबारे स्रोतले जनताटाइम्स डटकमसँग भन्यो, ‘पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच कुनै विवाद छैन । दुवैजना मिलेरै पार्टी एकढिक्का बनाएर लैजानुपर्छ भन्नेमै दृढ देखिनुभएको छ । आजको छलफलमा पनि त्यही निचोड रहेको छ ।’

यस्तै दुई नेताबीच मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा समेत प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो । यसैगरी प्रधानमन्त्री ओलीले आगामी १४ गतेबाट हुन लागेको युरोप भ्रमणको बिषयमा जानकारी गराउनु भएको स्रोतले जानकारी दिएको छ ।