जनता टाइम्स

६ असार २०८२, शुक्रबार १४:५८

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु, जुटला त यी मुद्दामा सहमति ?


काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा संसदमा रहेका प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

सङ्क्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू सिंहदरबारमा बैठकमा बस्नुभएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नआएको कारण बिहीवार स्थगित भएको शीर्ष बैठक आज बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्छ। उहाँहरूका साथमा तीनवटै पार्टीका बरिष्ठ नेताहरू पनि बैठकमा सहभागी हुनुहुन्छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा अड्किरहेको अवस्थामा तीन दलका नेताहरूबिच सहमति निर्माण गर्न आजको बैठक आयोजना गरिएको हो। सो विधेयकमा द्वन्द्वपीडितहरू र  अन्तर्राष्ट्रिय समुदायले समेत चासो देखाउँदै आएका छन्।

तीन दलबिच सत्ता साझेदारी, निर्वाचन प्रणाली सुधार,  संसदमा रास्वपाका गतिरोध लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।