जनता टाइम्स

६ असार २०८२, शुक्रबार १६:३७

ग्वार्कोमा फ्लाईओभर सञ्चालनमा, प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन


काठमाडौं, ६ असार । काठमाडौं उपत्यकाको अति व्यस्त चक्रपथ सडक खण्ड अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको फ्लाईओभर आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो फ्लाईओभरको विधिवत् उद्घाटन गर्नुभएको हो।

उपत्यकामा बढ्दो सवारी चाप र दैनिक जाम व्यवस्थापन गर्न लक्षित गर्दै सरकारले चक्रपथको महत्त्वपूर्ण खण्डमा पर्ने ग्वार्को चोकमा फ्लाईओभर निर्माण गरेको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यो संरचनाले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सकारात्मक मोड ल्याउने विश्वास व्यक्त गर्नुभयो।

ग्वार्को फ्लाईओभरबाट सातदोबाटो–कोटेश्वर सडक खण्ड हुँदै चल्ने सवारी अब सिधा फ्लाईओभरमाथिबाट गुड्नेछ। मंगलबजारबाट इमाडोलतर्फ वा इमाडोलबाट मंगलबजारतर्फ जाने सवारी भने फ्लाईओभरको मुनीबाट सञ्चालन हुनेछ। यसले सिधा गन्तव्यमा जाने गाडीको लागि रोकावट बिना यात्रा सम्भव बनाएको छ।