काठमाडौं, ८ असार । रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिप परले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ बस्ने १७ वर्षीय अमित यादव सामान्य घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्