जनता टाइम्स

९ असार २०८२, सोमबार २२:५०

रामेछाप नगरपालिकाको ८० करोडको बजेट सार्वजनिक


रामेछाप, ९ असार ।  रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगर सभामा नगरप्रमुख लबश्री न्यौपानेले नीति तथा कार्यक्रम र उपप्रमुख बाला कार्कीले बजेट प्रस्तुत गर्नुभयो।

नगरप्रमुख न्यौपानेले विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र दिगो विकासलाई केन्द्रमा राखिएको छ।

उपप्रमुख कार्कीले ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो। बजेटमध्ये २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ पुँजीगत खर्चतर्फ र ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ।