काठमाडौं, असार १० । ज्यान मार्ने उद्योगमा हाल कैदी जिवन बिताइरहेका मनाङेले काठमाडौं, जिल्ला प्रशासन कार्यालयबाट लिएको भनिएको दुईवटा नागरिकता सन्दर्भको विवाद पनि छानविन हुनुपर्ने देखिएको छ ।
समाचार स्रोतका अनुसार मनाङेले आफ्नो वास्तविक नाम राजिव गुरुङका नाममा २०४६ साल १ चैतको मितीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट दुईवटा नागरिकता जारी भएको देखिन्छ । उक्त नागरिकतामा नागरिकताको नम्बर नै दुईवटा छ। काठमाडौं जिल्ला प्रशासनले उनको नागरिकतामा २७५०/२६२९ र ४२१२/५३२९ नम्बर राखेर नागरिकता जारी गरेको रेकर्डमा देखिन्छ ।
दुईवटा नागरिकता नम्बर पाइएपछि छानबिन थालिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाए पनि कारवाही प्रक्रिया भने स्थगित गरिएको स्रोतको दावी छ। मनाङेको नागरिकता छानबिन गर्न उजुरी परेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले यसअघि नै नीजको नागरिकता छानबिन गर्नुपर्ने निर्णय गरेको थियो।
अख्तियारले सो निर्णयपछि मनाङेको नागरिकता छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार समेत गरीसकेको अवस्थामा पनि गण्डकी प्रदेश सरकारको ‘कि-मेन’ रहेकाले त्यतिबेला उक्त छानविन तत्कालका लागि थन्काइएको थियो।
यसअघि, जिप्रका काठमाडौंले मनाङेलाई नागरिकतासहित कार्यालयमा उपस्थित हुन पत्र पठाउने तयारी गरे पनि अन्ततः उक्त प्रक्रिया तत्कालका लागि स्थगित गरिएको थियो । समाचार स्रोतले मनाङेले राजीव गुरुङकै नामबाट रसुवा जिल्ला प्रशासन कार्यालयबाट पनि नागरिकता लिएको दावी गरेको छ । तर, त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्