काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज मंगलबार घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्