काठमाडौं, १० असार । काठमाडौं । काठमाडौं महानगरपालिका पहिलोपटक निर्धारित समयमा आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याउन असफल भएको छ । महानगरले बजेटअघिको नीति तथा कार्यक्रम पनि ल्याउन सकेन । मेयर बालेन शाह ९बालेन० आफ्नै हठका कारण विवादमा फसेपछि काठमाडौं महानगरपालिका पहिलोपटक निर्धारित समयमा बजेट ल्याउन असफल भएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । प्रस्तुत बजेट असार मसान्तभित्र नगरसभाबाट पारित गरिसक्नुपर्ने सोही उपदफा ६ मा उल्लेख छ ।कानुनमा असार १० गतेभित्र बजेट ल्याउने स्पष्ट व्यवस्थालाई काठमाडौं महानगरले उल्लंघन गरेको छ । जबकी पाँच महानगरपालिकाले मंगलबार (असार १०)सम्म आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् ।
निर्धारित समयमा ल्याउन असफल भएपछि काठमाडौं महानगरको बजेट कहिले आउने हो अझै अनिश्चित बनेको छ । बजेट नल्याए आउँदो साउनदेखि महानगरका कर्मचारीले तलबदेखि विकास निर्माणका सबै काम ठप्प हुनेछ ।
प्रतिक्रिया दिनुहोस्