काठमाडौं, १० असार । प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्ष २०८२र८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभामा गएको असार १ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।
यस्तै प्रतिनिधिसभाको आजको बैठकमा २३ जना सांसदले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को बहिष्कारकै बीच बजेट पारित भएको हो । भिजिट भिसा प्रकरणमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । तर छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका हुन् ।
सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्