काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताउनु भयो । यसको सदुपयोग पनि गरिने जानकारी दिनुभयो । प्रधनमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनुभयो ।
दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छः प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्