काठमाडौं, ११ असार। सल्यानमा दुर्घटनामा घाइते भएका युवकलाई झुण्ड्याएर हत्या गरेको खुलेको छ । गत जेठ १९ गते राति वनगाड कुपिण्डे ४ मा लागेको मेला बाट फर्किदै गर्दै मोटरर साइकल दुर्घटनामा वनगाड कुपिण्डे ६ का २३ वर्षीय शंकर बिसी घाइते भएका थिए ।तर उनको साथमा रहेका २७ वर्षीय साजन बिसी, २६ वर्षीय राजु बुढा क्षेत्री र २१ वर्षीय सोमराज केसीले घाइतेलाई उपचारकालागि अस्पताल लानुको सट्टा कुवाखोलाको जंगल क्षेत्रमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मेला हेर्न गएका शंकर घर नफर्किएपछि उनको परिवारले प्रहरीमा खबर गरेको थियो । प्रहरीले जेठ २० गते दिउँसो कुवाखोलामा जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।पोष्टमार्टम रिपोर्टले आत्महत्या गरेको पुष्टि नगरेपछि मेलामा उनीसँगै रहेका तीनजना साथीलाई पक्राउ गरेर अनुसन्धान गरिएको सल्यान प्रहरी प्रमुख डिएसपपी केशर न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरूले मादक पदार्थ सेवनले होस् ठाउँमा नभएका कारण उपचारको सट्टा झुण्डाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू ३ जनालाई प्रहरीले कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस्