काठमाडौं, १२ असार । काठमाडौंको टोखामा विष्णुमती खोलामा आएको बाढीले कारसहित बगेकी एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
गएराति टोखाको ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गेको हो ।
उनलाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कारलाई पनि राति नै क्रेनको सहायताले निकालिएको छ ।
खोला किनारको सडकमा गुडिरहेको बा.प्र.०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खसेको थियो । प्रहरीका अनुसार कार चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।
प्रतिक्रिया दिनुहोस्