जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ११:२१

चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्छ, नत प्रगति नै : शंकर पोखरेल


काठमाडौं, १३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनौतीको सामना नगरी आन्दोलनको रक्षा र  प्रगति गर्न नसकिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोखरेलले चुनौतीसँग जुध्ने सङ्कल्पबिना सफलता सम्भव नहुने स्पष्ट पार्नुभएको छ । ‘चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ, चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्छ, नत प्रगति नै,’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

हालैको राजनीतिक अवस्था, पार्टीभित्रका बहस, जिम्मेवारीप्रति नेताहरूको भूमिकामाथि उठेका प्रश्नहरू र राष्ट्रिय राजनीतिमा एमालेको सक्रियता सन्दर्भमा महासचिव पोखरेलको यो भनाइ आएको हो। उहाँको सन्देशलाई पार्टी अनुशासन, नेतृत्वको दृढता र रणनीतिक समझदारीप्रति सङ्केतका रूपमा विश्लेषण गरिएको छ।