जनता टाइम्स

१४ असार २०८२, शनिबार ११:०२

ब्राउन सुगरसहित ७ जना पक्राउ


सुनसरी । सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको विभिन्न स्थानहरूबाट चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

बेचबिखनमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७  वर्षीय मिसन राई, धरान- १५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राई र ओसारपोसारमा प्रयोग भएका २ थान सवारी साधनसहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।