काठमाडौं, १७ असार । तेलंगानाको संगारेड्डी जिल्लामा रहेको रासायनिक कारखानामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव निकालिएको थियो । साथै, अस्पतालमा ३ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्