जनता टाइम्स

१७ असार २०८२, मंगलवार १३:१६

‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरि : छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु


काठमाडौँ, १७ असार । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनु पर्ने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार समितिको बैठकका लागि आएका सभापति खतिवडाले पत्रकारहरूसँगको कुराकानीमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थालाई लिएर

विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनुपर्ने बताउनुभए हो । ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन । त्यसमा हामी छानबिन हुनुपर्छ भन्ने पक्षमा छौँ’, सभापति खतिवडाले भन्नुभयो, ‘लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो ? यो छानबिन हुनुपर्छ ।’
उहाँले छानबिनका क्रममा आफू दोषी देखिए कारबाहीको दायरामा आउन तयार रहेको पनि जिकिर गर्नुभयो । ‘छानबिनमा यदि मेरो दोष देखियो भने म पनि कारबाहीको दायरामा आउन चाहन्छु,’ सभापति खतिवडाले भन्नुभाये , ‘यसमा छानबनिका लागि सभामुखलाई आग्रह गरेका छौँ ।’
‘निजामाती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै संवैधानिक वा सकारी नियुक्ति पाउन छैन’ भन्ने प्रावधान समितिले विधेयकमा रोखको उहाँले दोहोर्‍याउनुभयो ।

‘त्यही मूल मर्म थियो । त्यसको मुनी एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौँ,’ खतिवडाले भन्नुभयो, ‘यो कसको गल्तीबाट भएको छ, कसले गर्‍यो त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’