काठमाडौं, १७ असार । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न, विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच आज भएको सम्झौतापछि बोल्दै उहाँले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो ।
काठमाण्डौ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायु सेवा सञ्चालक सङ्घले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको हो । काठमाण्डौ उपत्यकाबाहिर भने वायु सेवा सञ्चालकले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्